मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। उनी प्रधानमन्त्री बालेन शाहसँगको बैठकमा सहभागी भई निस्कने क्रममा पक्राउ परेका हुन्। तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार थिए र यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
गाउँपालिका अध्यक्ष पक्राउ
Share:
१०५

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको छ। उनी प्रधानमन्त्री बालेन शाहले आयोजना गरेको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा सहभागी भएर निस्कने क्रममा नियन्त्रणमा परेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि संकटग्रस्त घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए। अध्यक्ष तामाङ पनि सोही छलफलमा उपस्थित थिए।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार, अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दरबारमार्ग प्रहरी वृत्तमा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले वैशाख २८ गते नै तामाङलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन परिचालन भएको थियो।

सिंहदरबार परिसरबाट पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्तमा लगिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

थप समाचार