एसईई उत्तीर्ण ५५ जना विद्यार्थीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले पूर्ण छात्रवृत्ति दिने घोषणा गरेका छन्।
यो ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरिएको छ।
‘५५ विद्यार्थी, ५५ सपना’ शीर्षकमा ल्याइएको यस कार्यक्रमले माध्यमिक शिक्षापछिको अध्ययनमा सहयोग पुर्याउनेछ।
