मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कुलेश्वरमा ७६ लाख रुपैयाँसहित फलफूल पसल सञ्चालक पक्राउ

काठमाडौंको कुलेश्वरमा स्रोत नखुलेको ७६ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्। प्रहरीले फलफूल पसल र डेरामा खानतलासी गर्दा उक्त रकम र केही भारतीय रुपैयाँ बरामद गरेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
नगद बरामद कुलेश्वर
Share:
१४१

काठमाडौंको कुलेश्वरमा प्रहरीले स्रोत नखुलेको ७६ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१४ मा गरिएको कारबाहीमा यो रकम बरामद भएको हो।

पक्राउ पर्ने ३३ वर्षीय जितेन्द्र साह तुरहा पर्साको छिपहरमाई गाउँपालिका–१ का बासिन्दा हुन्। उनी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीको टोलीले उनको फलफूल पसल र डेरामा खानतलासी गरेको थियो।

प्रहरीका अनुसार फलफूल पसलबाट १० लाख ७० हजार रुपैयाँ बरामद भयो। बाँकी रकम डेरामा फेला परेको हो। डेरामा लुकाएर राखेको ३ लाख ४ हजार भारतीय रुपैयाँसमेत बरामद भएको एसएसपी दिलीप घिमिरेले बताए।

प्रहरी वृत्त कालिमाटीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार