NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारद्वारा भूमि समस्या समाधान समिति गठन, अध्यक्षमा बलभद्र बास्तोला

सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर बलभद्र बास्तोलाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ। समितिको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोती र डा. रोहना श्रेष्ठ नियुक्त भएका छन्। यसअघिको आयोग सर्वोच्च अदालतको आदेशपछि पुनर्गठनको प्रक्रियामा थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 June 2026, 2:48 pm १ मिनेट पढाइ
आकार:
भूमि समस्या समाधान समिति
Share:

सरकारले भूमि समस्या समाधान आयोग खारेज गरी सोही प्रयोजनका लागि एक समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका बलभद्र बास्तोलालाई समितिको अध्यक्षमा नियुक्त गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सो निर्णयको जानकारी दिए। समितिको सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मनीति सोती र काठमाडौंकी डा. रोहना श्रेष्ठलाई नियुक्त गरिएको छ।

यसअघि २०८१ असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधान आयोग गठन गरेका थिए। उक्त आयोगले भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो।

तर, अध्यादेशमार्फत आयोग खारेज गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले तत्काल कार्यान्वयनमा रोक लगाउँदै पदाधिकारीहरूलाई काममा फर्काउने आदेश दिएको थियो। सर्वोच्चले पुनरावलोकन गर्ने निर्णय गरेपछि सरकारले आयोग खारेज गरी समिति गठनको प्रक्रिया अघि बढाएको हो।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार