नेपाली भूमि लिपुलेकबाट भारत र चीनबीच व्यापारिक गतिविधि सुरु भएको छ। गत १ अगस्तदेखि यो व्यापारिक मार्ग प्रयोगमा आएको छ।
भारतीय तिब्बत व्यापार संघका अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा एक टोली तक्लाकोट मण्डी पुगेको छ। उक्त टोलीले त्यहाँ व्यापारिक काम सम्पन्न गरेको छ।
स्रोतका अनुसार, यो व्यापारिक गतिविधिमा २० पञ्जिकृत व्यापारी र ४ भरिया सहभागी थिए।
