देशभरका लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको सामान सुरक्षाका लागि लगेज ट्याग प्रणाली अनिवार्य गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल यो नियम कार्यान्वयन गर्न निर्देशन दिएको छ।
महासङ्घले सातै प्रदेशका संयोजकहरू र मातहतका जिल्ला समिति तथा सदस्य संस्थाहरूलाई पत्राचार गरी यो व्यवस्था लागू गर्न भनेको हो। यो निर्णय काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासङ्घबिचको समझदारी अनुसार गरिएको हो।
सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुको ४० केजीसम्मको सामान चोरी हुने वा हराउने व्यापक गुनासो आएपछि यो कदम चालिएको हो। यसबाट यात्रुले सामान सुरक्षाको अनुभूति गर्ने अपेक्षा गरिएको छ।
