मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

दुई दिनको अविरल वर्षाले मधेशमा धान रोपाइँ तीव्र, किसानमा उत्साह

दुई दिनको अविरल वर्षाले सर्लाहीसहित मधेश प्रदेशमा धान रोपाइँ तीव्र भएको छ। लामो खडेरीपछि पर्याप्त पानी परेपछि किसानमा उत्साह थपिएको छ। कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार यस वर्ष ४२ हजार ५०० हेक्टरमा धान खेती हुने अनुमान छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
मधेश धान रोपाइँ
Share:
१९३

लामो खडेरीपछि दुई दिनको अविरल वर्षाले सर्लाहीसहित मधेश प्रदेशमा धान रोपाइँले तीव्रता पाएको छ।

आकाशे पानीको भरमा खेती गर्ने किसानका लागि यो वर्षा ठूलो राहत बनेको छ। यसले रोपिसकिएको धानको वृद्धि र गाँज हाल्ने प्रक्रियामा समेत सहयोग पुग्ने किसानहरू बताउँछन्।

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार अघिल्लो सातासम्म जिल्लामा करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको थियो। निरन्तर वर्षा सुरु भएसँगै अब अधिकांश खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न हुने अनुमान छ।

सर्लाहीमा यस वर्ष करिब ४२ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। पर्याप्त वर्षाले बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमती लगायतका खोलामा पानीको बहाव बढेको छ।

केही दिनअघिसम्म सुक्खा रहेका खोला, नहर र कुलोमा समेत पर्याप्त पानी बगेको छ। यसले तत्कालका लागि सिँचाइको समस्या हटेको छ। किसानहरू अनुकूल मौसमको फाइदा उठाउँदै धान रोपाइँलाई तीव्रता दिइरहेका छन्।

कृषि क्षेत्रका निकायहरूले अब केही दिन मौसम अनुकूल रहे मधेश प्रदेशमा धान रोपाइँले उल्लेखनीय गति लिने अपेक्षा गरेका छन्।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार