NM Khabar 24 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारी वर्षाको जोखिम: प्रमुख राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक

भारी वर्षाको सम्भावित जोखिमले देशका प्रमुख राजमार्गहरूमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ। पृथ्वीराजमार्ग, बिपी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड लगायतका राजमार्गमा निश्चित समयका लागि सवारी चल्न बन्द गरिएको छ। यो निर्णय असोज ११ वा १२ गतेसम्म लागू हुनेछ।
Sanjay Karki
Sanjay Karki
24 September 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
राजमार्गमा रात्रिकालीन सवारी रोक
Share:

भारी वर्षाको सम्भावित जोखिमले देशका प्रमुख राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना छ।

पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।

सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावत बन्द गरिएको छ।

मकवानपुरका कान्ति राजमार्ग, भैँसे–भीमफेदी–देउराली–कुलेखानी–काठमाडौं सडकखण्डमा बेलुका ७ बजेदेखि सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ।

बिपी राजमार्गमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक खण्डमा असोज ८ देखि ११ गतेसम्म रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि यो निर्णय भएको बताए।

नारायणगढ–मुग्लिन सडकखण्डमा आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार