NM Khabar 2 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मालपोत अधिकृतसहित ५ विरुद्ध ४.५ करोडको भ्रष्टाचार मुद्दा

• अख्तियारले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ। • उनीहरूमाथि गैरकानुनी लाभ वा हानि, गलत लिखत र सरकारी कागजात सच्च्याई भ्रष्टाचार गरेको आरोप छ। • चार करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो र कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
Arjun Basnet
Arjun Basnet
2 September 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
मालपोत भ्रष्टाचार मुद्दा
Share:

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार करोड ५३ लाख ४१ हजार ८०० बिगो कायम गरी विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रविरुद्ध गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याई भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सोही ऐनको उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरिएको जानकारी दिए ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार