काठमाडौंको मनोहरामा सुकुमवासी बस्ती हटाउने क्रममा रिपोर्टिङ गर्न पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ। साँझ करिब ७ बजेतिर स्थानीय बासिन्दाले उनीमाथि आक्रमण गरेका हुन्।
आक्रमणबाट प्रसाईंको नाकमा सामान्य चोट लागेको छ। साथै, आक्रमणकारीले उनको क्यामेराको मेमोरी कार्डसमेत खोसेका छन्। सरकारले बस्ती हटाउने अभियान चलाइरहेको अवस्थामा त्यसको रिपोर्टिङ गर्न पुगेका प्रसाईंमाथि आक्रोशित स्थानीयले आक्रमण गरेको बताइएको छ।