मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

एमबिएस प्रश्नपत्र लिक प्रकरण: भक्तपुरबाट एक पक्राउ

त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको 'अर्गनाइजेशनल बिहेवियर' विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै ह्वाट्सएपमा सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्। कैलालीका सन्दीप सिंहलाई सिआइबीले भक्तपुरबाट पक्राउ गरेको हो।
Rohan Tamang
प्रविधि संवाददाता
१ मिनेट पढाइ
आकार:
एमबिएस प्रश्नपत्र लिक
Share:
२४२

त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेवियर’ विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्। साउन ८ गते परीक्षा सुरु भएलगत्तै प्रश्नपत्र ह्वाट्सएप समूहमा सेयर गरी गोपनीयता भंग गरेको आरोपमा कैलाली घर भई हाल भक्तपुर बस्ने ३३ वर्षीय सन्दीप सिंहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भक्तपुरको मध्यपुरथिमी–१ बाट पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराका अनुसार सिंहमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले यसअघि अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो।

एमबिएस प्रथम सेमेस्टरका अन्य विषयका परीक्षा बाँकी रहेकै अवस्थामा सिआइबीले गैरकानुनी क्रियाकलाप नगर्न विद्यार्थी तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ।

Rohan Tamang

Rohan Tamang

प्रविधि संवाददाता

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार