मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मेचीनगरमा वन कार्यालयको स्कोरपियो र सिटी सफारी ठोक्किँदा महिलाको मृत्यु

झापाको मेचीनगरमा डिभिजन वन कार्यालयको स्कोरपियो र सिटी सफारी ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
मेचीनगर दुर्घटना
Share:
१७८

झापाको मेचीनगर-१५ कालिकास्थित सडकखण्डमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। सोमबार बिहान भएको दुर्घटनामा मेचीनगर-१५ की ४० वर्षीया आरती उराउको ज्यान गएको हो।

प्र १-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र बागमती प्रदेशको प्र ०१-००२ झ ७३६० नम्बरको स्कोरपियो ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएकी उराउलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

प्रहरीले स्कोरपियो चालक भद्रपुर नगरपालिका-१० का ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर-६ का ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई नियन्त्रणमा लिएको छ। प्रहरी दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार