मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

तराईमा गर्मी बढ्ने, पहाडमा हल्का वर्षा

मनसुन भित्रिन अझै केही दिन लाग्ने र पश्चिमी वायु कमजोर भएकाले आगामी एक हप्ता गर्मी बढ्ने भएको छ। तराई मधेशका जिल्लाहरुमा गर्मीको प्रभाव बढी देखिने छ। पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०१

तराई मधेशमा आगामी एक हप्ता गर्मी बढ्ने भएको छ। मनसुन भित्रिन ढिलाइ र पश्चिमी वायुको प्रभाव कमजोर हुनु यसको कारण हो। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मनसुनी बादल भारतको केरला पुगे पनि कमजोर गतिमा छ। यसपटकको मनसुन सुरुमा कमजोर हुने सम्भावना छ।

पछिल्लो तीन दिनको वर्षाले तापक्रम घटेर शीतल महसुस गराएको थियो। अब तापक्रम उकालो लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेश र कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव छ। हिमाली र पहाडी भूभागमा सामान्य बादल लाग्नेछ। तराईमा आंशिक बादल रहनेछ। हिमाली, पहाडी भेग र लुम्बिनी, सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

मधेस र कोशी प्रदेशको तराईमा तातो दिनको पूर्वानुमान छ। राति कोशी, कर्णाली, सुदूरपश्चिमका हिमाली-पहाडी भेग तथा बागमती, गण्डकी, लुम्बिनीका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार