NM Khabar 20 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर मनसुनी वायुको प्रभाव: अधिकांश भू-भागमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै छ। न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षाको अनुमान गरिएको छ।
Kamala Devi
Kamala Devi
13 August 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
मनसुनी वायुको प्रभाव
Share:

मनसुनी वायुले देशभर प्रभाव पारेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ।

कोशी र बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। गण्डकी र कर्णालीका थोरै स्थानमा वर्षा छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ। मधेस प्रदेश र सुदूरपश्चिमको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

महाशाखाका अनुसार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको समेत सम्भावना छ।

मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार