मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
मनसुनी वायु भारी वर्षा
Share:
१४७

देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक आइपुगेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

हाल देशभर सामान्य बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार