NM Khabar 30 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर मनसुनी प्रभाव: भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम छ। आज दिउँसो र राति हिमाली, पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
Sanjay Karki
Sanjay Karki
24 July 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
मनसुन वर्षा सम्भावना
Share:

देशभर मनसुनी वायुको प्रभाव कायम छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ।

अहिले हिमाली तथा पहाडी भागमा सामान्य बदली छ। तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

आज राति देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार