मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

१ हजार ३३ किलो गाँजासहित ट्रक चालक मोरङबाट पक्राउ

मोरङको रतुवामाईबाट प्रहरीले १ हजार ३३ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। धनकुटाका २८ वर्षीय उमेश तामाङ पक्राउ परेका छन्। प्रहरीले गाँजा र ट्रक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
लागूऔषध गाँजा
Share:
१५७

मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट प्रहरीले १ हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजासहित ट्रक चालक उमेश तामाङलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो धनकुटा पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को. १ ख ४३७३ नम्बरको ट्रक रोकेर जाँच गर्दा गाँजा फेला परेको थियो। प्रहरीले बरामद गाँजा र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार