हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार मृत्यु हुनेमा ६५ प्रतिशतभन्दा बढी भारतीय नागरिक छन्।
आर्थिक वर्ष २०७८-७९ देखि २०८२-८३ को जेठ १५ सम्म १६ नेपाली र ४२ विदेशी पर्यटकको लेक लागेर मृत्यु भएको छ।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार, आव २०७८-७९ मा छ जना, आव २०७९-८० मा १२ जना, आव २०८०-८१ मा १४ जना, आव २०८१-८२ मा १३ जना र चालु आव २०८२-८३ को जेठ १५ सम्म १३ जनाले ज्यान गुमाएका छन्।
उकालो यात्रामा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्याले आरोहीको मृत्यु हुने गरेको छ।
