मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, ६५% भारतीय

मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन्। यो तथ्यांक आव २०७८-७९ देखि २०८२-८३ को जेठ १५ सम्मको हो।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
मुस्ताङ लेक लागेर मृत्यु
Share:
२०७

हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार मृत्यु हुनेमा ६५ प्रतिशतभन्दा बढी भारतीय नागरिक छन्।

आर्थिक वर्ष २०७८-७९ देखि २०८२-८३ को जेठ १५ सम्म १६ नेपाली र ४२ विदेशी पर्यटकको लेक लागेर मृत्यु भएको छ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार, आव २०७८-७९ मा छ जना, आव २०७९-८० मा १२ जना, आव २०८०-८१ मा १४ जना, आव २०८१-८२ मा १३ जना र चालु आव २०८२-८३ को जेठ १५ सम्म १३ जनाले ज्यान गुमाएका छन्।

उकालो यात्रामा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्याले आरोहीको मृत्यु हुने गरेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

थप समाचार