मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका कैदी सुनिल श्रेष्ठ सिन्धुपाल्चोकबाट पक्राउ परेका छन्। डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका श्रेष्ठलाई प्रहरीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
नक्खु कारागार फरार कैदी
Share:
१८३

जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका कैदी सुनिल श्रेष्ठ सिन्धुपाल्चोकबाट पक्राउ परेका छन्। प्रहरीले दोलखाका ४४ वर्षीय श्रेष्ठलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। श्रेष्ठलाई थप कारबाहीका लागि नक्खु कारागार चलान गरिने प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

श्रेष्ठ डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए। उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार