मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नवलपुरमा करेन्ट लगाएर गैँडा मारेको आरोपमा एक पक्राउ

नवलपुरको कावासोतीमा २५ वर्षीय भाले गैँडालाई करेन्ट लगाएर मारेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानले करेन्ट प्रयोग भएको देखाएको छ।
NM Khabar
१ मिनेट पढाइ
आकार:
Share:
२२२

नवलपुरको कावासोतीमा २५ वर्षीय भाले गैँडालाई करेन्ट लगाएर मारेको आरोपमा एक जना पक्राउ परेका छन्।

डिभिजन वन कार्यालय नवलपुरले विज्ञप्ति जारी गर्दै गैँडा हत्यामा करेन्ट प्रयोग भएको जनाएको छ।

गैँडा मृत भेटिएको कावासोती–१ स्याउलीस्थित मकैबारीबाट २७ वटा जिआई तार बेरिएका बाँसका किला बरामद भए। साथै, १३ मिटर सिंगल फेज रिङसहितको तार पनि फेला परेको छ।

सोही आधारमा अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका हुन्।

गैँडाको मृत्युको विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने कार्यालयले जनाएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार