नारायणघाट-मुग्लिङ सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेपछि यातायात ठप्प भएको छ। कान्तिलोकपथ सडक खण्ड ललितपुरको भट्टेडाँडामा पहिरोले बगाएको छ। साँझ ७:०० बजेसम्मको तथ्यांकअनुसार कान्तिलोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्गसहित दर्जन बढी सडक पूर्ण रूपमा अवरुद्ध छन्।
बागमती प्रदेशका फाखेल–कुलेखानी र हेटौंडा–काठमाडौं सिसनेरी खण्ड पनि पहिरोले बन्द छन्। बीपी राजमार्ग र कान्तिलोकपथको हेटौंडा–ललितपुर खण्डमा सवारी रोक लगाइएको छ। अरनिको राजमार्गको सिन्धुपाल्चोक भोटेकोशी खण्ड एकतर्फी सुचारु छ।
कोशी प्रदेशमा मध्यपहाडी लोकमार्ग र मेची राजमार्ग पूर्ण बन्द छन्। भोजपुर खण्ड एकतर्फी चलेको छ। गण्डकी प्रदेशको पोखरा–ताङतिङ सडक ठप्प छ। नयाँपुल–घान्द्रुक सडक एकतर्फी सुचारु छ।
लुम्बिनी प्रदेशमा कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र सालझन्डी–ढोरपाटन सडक अवरुद्ध छन्। कर्णाली प्रदेशको कर्णाली करिडोर र कर्णाली राजमार्ग पनि ठप्प छन्।
