मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

एमाले सचिवालय: लेखराज भट्टको प्रस्ताव– ६० वर्ष नाघेका सबै नेताले पदत्याग गरून्

नेकपा एमालेको सचिवालय बैठकमा उपमहासचिव लेखराज भट्टले ६० वर्ष नाघेका सबै नेतालाई पदत्याग गर्न प्रस्ताव गरेका छन्। उनले पार्टी रूपान्तरण र युवा नेतृत्व विकासका लागि यो आवश्यक रहेको बताए। बैठकमा अध्यक्ष ओलीको राजीनामा मागिए पनि रामबहादुर थापा र महेश बस्नेतले नेतृत्वको बचाउ गरे।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
एमाले ६० वर्ष नेता
Share:
२२६

नेकपा एमालेको सचिवालय बैठकमा उपमहासचिव लेखराज भट्टले ६० वर्ष नाघेका सबै नेतालाई पदत्याग गर्न प्रस्ताव गरेका छन्। शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा उनले युवा नेतृत्वका लागि यो आवश्यक रहेको बताए।

एक नेताका अनुसार, भट्टले बैठकमा भने, ‘पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं। त्यसो हुँदा पार्टी युवाको हातमा पुग्छ।’

एमाले केन्द्रीय सचिवालय बैठक शुक्रबारदेखि जारी छ। शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले धारणा राखे।

विज्ञापन

उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे। महासचिव पोखरेलले भने पार्टी अहिलेकै अवस्थामा अघि बढ्न नसक्ने घुमाउरो शैलीमा बताए।

उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले नेतृत्वको बचाउ गरे। उनीहरूले पार्टी संकटमा रहेको भन्दै नेतृत्वको रक्षा गर्नुपर्ने धारणा राखे। बस्नेतले भने, ‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ। संरक्षण गर्नुपर्छ।’

शुक्रबारको बैठकमा पनि केही उपाध्यक्षहरूले धारणा राखेका थिए। अध्यक्ष ओलीको राजीनामा मागिएका बेला सचिव महेश बस्नेतले प्रतिवाद गरे।

अध्यक्ष ओलीले पार्टीको लाइनविपरीत जाने छुट कसैलाई नभएको भन्दै नेताहरूलाई सचेत गराए। उनले अराजकता प्रदर्शन नगर्न चेतावनी दिए। ओलीले आफू गलेर नेतृत्व नछाड्ने अडान लिएको एक नेताले बताए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार