नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न प्रस्ताव गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभाको बैठकमा बोल्दै यो धारणा राखेका हुन्।
बादलले लामिछानेलाई पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले सरकारको पुनर्गठनका लागि अविलम्ब पहल गर्न आग्रह गरे। उनले यो कदम नचालेमा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवालमा ठूलो जनआन्दोलन आउन सक्ने चेतावनी दिए।
बादलले सम्बोधनका क्रममा सरकार परिवर्तनका लागि चारवटा विकल्प प्रस्तुत गरेका थिए। उनले यदि सरकार पुनर्गठन गरिएन भने ‘२००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ’ भन्दै कडा चेतावनी दिए।
