मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

राष्ट्र बैंकले ५६ दिनका लागि ३० अर्ब तरलता उठाउँदै

नेपाल राष्ट्र बैंकले बजार तरलता व्यवस्थापन गर्न ५६ दिनका लागि ३० अर्ब रुपैयाँ उठाउने भएको छ। यो रकम अनलाइन बोलकबोलमार्फत संकलन गरिनेछ। यसअघि संकलन गरिएको करिब ७ खर्ब २३ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१९७

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजार तरलता व्यवस्थापन गर्न ५६ दिनका लागि ३० अर्ब रुपैयाँ उठाउने भएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग अनलाइन बोलकबोलमार्फत प्रस्ताव मागेको छ। बोलकबोल प्रक्रिया बुधबार अपराह्न ३ बजे सम्पन्न हुनेछ।

यसरी संकलन गरिएको रकमको साँवा र ब्याज आगामी साउन १३ गते भुक्तानी गरिनेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत करिब ७ खर्ब २३ अर्ब रुपैयाँ तरलता खिचेको थियो। उक्त रकम हाल परिपक्व हुन बाँकी छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार