राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब तरलता उठाउँदै, बैंकहरूसँग माग्यो प्रस्ताव
नेपाल राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्न २३ दिन अवधिको ६० अर्ब रुपैयाँ उठाउने भएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग यसका लागि प्रस्ताव मागेको छ।
बोलकबोल प्रक्रिया बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत सम्पन्न हुनेछ। राष्ट्र बैंकले संकलित रकमको साँवा र ब्याज असार १९ गते भुक्तानी गर्नेछ।
यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत करिब ७ खर्ब रुपैयाँ बजारबाट खिचेको थियो। उक्त रकम परिपक्व हुन बाँकी छ।
