मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

राष्ट्र बैंक आजै मौद्रिक नीति जारी गर्दै: गभर्नर पौडेलको जोड

नेपाल राष्ट्र बैंकले आजै मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेल भोलि भुटान जाने कार्यक्रम छ। बजेटको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न लचिलो मौद्रिक नीतिमा जोड दिइएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
मौद्रिक नीति
Share:
१९६

नेपाल राष्ट्र बैंकले आज दिउँसो मौद्रिक नीति जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकले बिहान साढे ९ बजे व्यवस्थापन समितिको बैठक डाकेको थियो।

सोही बैठकलगत्तै संचालक समितिको बैठक बोलाइनेछ। उक्त बैठकबाट पारित भएपछि सम्भवतः आजै मौद्रिक नीति जारी गर्ने योजना छ।

गभर्नर डा. विश्वनाथ पौडेल भोलि भुटान जाँदैछन्। महिनाको अन्तिमसम्म भुटानमा रहने भएकाले उनले आजै मौद्रिक नीति जारी गर्न चाहेका हुन्।

चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेको सन्दर्भमा गभर्नर पौडेलले लचिलो मौद्रिक नीतिमा जोड दिएको स्रोतले जनाएको छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार