काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले गरेको आकस्मिक अनुगमनमा नेपाल टेलिकमका ७० कर्मचारीले सरकारी नियम उल्लंघन गरेको पाइएको छ। मंगलबारको अनुगमनले हाजिरी र पोशाक नियमको पालना नभएको देखाएको छ।
केन्द्रका अनुसार, नेपाल टेलिकमका ६३ कर्मचारीले काठमाडौं उपत्यकाभित्रका कार्यालयमा नियम उल्लंघन गरेका थिए। बाँकी ७ जना कर्मचारीले उपत्यका बाहिरका कार्यालयमा नियम तोडेको भेटिएको छ।
अनुगमन टोलीले सेवा प्रवाह, कर्मचारीको समयनिष्ठता, पोशाक संहिता र कार्यस्थलको आचरणको स्थलगत अनुगमन गरेको थियो। नियम उल्लंघन गर्ने कर्मचारीमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको केन्द्रले जनाएको छ।
