परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्धका साथै हालै भोटेकोशी नदीमा आएको बाढीपछिको राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको नेपाली नियोगले जनाएको छ।
सो अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो।
भेटघाटमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
