NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

देशभर बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्ने चेतावनी दिइएको छ।
Sanjay Karki
Sanjay Karki
31 May 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
Share:

देशका विभिन्न भूभागमा आज बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय रेखाको प्रभावले मौसम प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली छ। तराई क्षेत्रमा आंशिक बदली छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। बाँकी तराई क्षेत्रमा आंशिक बदली हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई भूभागमा मौसम सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा पनि यस्तो सम्भावना छ।

महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन पनि सम्बद्ध सबैमा अनुरोध गरिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार