NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एसियाली खेलकुद छनोट: इन्डोनेसियालाई हराउँदै नेपालको सेमिफाइनल यात्रा

मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ४ विकेटले हराउँदै नेपालले एसियाडमा स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको छ। सेमिफाइनलमा नेपालको सामना आयोजक मलेसियासँग हुनेछ।
Prakash Gurung
Prakash Gurung
28 May 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
महिला क्रिकेट सेमिफाइनल
Share:

मलेसियाको क्वालालम्पुरमा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

इन्डोनेशियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालकी कप्तान इन्दु बर्माले अविजित ४२ रनको योगदान दिइन्। सोनी पाख्रिनले २९ रन जोड्दा सीता राना मगरले अविजित १३ रन बनाइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेशियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो। इन्डोनेशियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले ५६ रनको अर्धशतकीय पारी खेलिन्। नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट पाइन्।

समूह चरणको पहिलो खेलमा चीनलाई १९ रनले हराएको नेपालले यो जितसँगै समूह विजेताको स्थान पक्का गर्‍यो। यस समूहबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

सेमिफाइनलमा नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जितेमा नेपाल २०औं एसियाली खेलकुदमा छनोट हुनेछ। अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता थाइल्यान्डले उपविजेता चीनको सामना गर्नेछ।

प्रतियोगिताका शीर्ष तीन टोली जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि छनोट हुनेछन्।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार