मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

अविरल घिमिरे विश्व च्याम्पियन: जापानमा फ्रान्सेली खेलाडीलाई नकआउट गरे

जापानमा भएको ‘हिट किक बक्सिङ– ५९’ प्रतियोगितामा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले फ्रान्सका माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै विश्व च्याम्पियन बनेका छन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन हुन्। दोस्रो राउण्डको दोस्रो मिनेटमा घिमिरेको मुक्का प्रहारले खेलको नतिजा तय भयो। हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ जित (२० नकआउट) सहित घिमिरे कीर्तिमानी खेलाडी बनेका छन्।
Prakash Gurung
खेलकुद संवाददाता
१ मिनेट पढाइ
आकार:
अविरल घिमिरे विश्व च्याम्पियन
Share:
१७४

जापानको नागोया सहरको करिया हलमा सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिप’ को मेन इभेन्टमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै विश्व च्याम्पियनसिपको उपाधि जितेका छन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्।

दोस्रो राउण्डको दोस्रो मिनेटमा घिमिरेले गरेको कडा मुक्का प्रहारले प्रतिस्पर्धी चोइनार्डलाई नकआउट गर्न सफल भयो। यो जितसँगै घिमिरेले किक बक्सिङको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका घिमिरे २१ खेलमा विजयी भएका छन्। यसमध्ये २० खेलमा उनले नकआउट जित हासिल गरेका छन्। यो आँकडाले उनलाई यो कीर्तिमान राख्ने एक मात्र नेपाली खेलाडी बनाएको छ।

नेपालको गौरव, साहस र शानलाई किक बक्सिङमार्फत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने घिमिरे नेपालका चम्किला तारा बनेका छन्।

जितपछि घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिए। उनले आफूलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरे।

Prakash Gurung

Prakash Gurung

खेलकुद संवाददाता

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार