NM Khabar 20 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जापानमा लक्ष्मी राजवंशीको हत्या: पाँच पक्राउ, दूतावासद्वारा छानबिनको पुष्टि

जापानको फुकुओकामा अध्ययनरत झापाकी लक्ष्मी राजवंशीको हत्या भएको छ। घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। टोकियोस्थित नेपाली दूतावासले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
Bikram Magar
Bikram Magar
20 August 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
लक्ष्मी राजवंशी हत्या
Share:

जापानको फुकुओकामा अध्ययनरत झापाकी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा जापान प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

टोकियोस्थित नेपाली दूतावासले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको थप विवरण भने सार्वजनिक गरिएको छैन।

झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकले घटना सार्वजनिक भएलगत्तै परराष्ट्र मन्त्रालयमार्फत सहजीकरणको काम अघि बढेको बताए। उनले सम्बन्धित पक्षहरूसँग नियमित सम्पर्कमा रहेको जानकारी दिए।

मृतक राजवंशी झापा भद्रपुर–७, अन्जनी मोडकी हुन्। उनको हत्याको खबरले परिवार र आफन्त शोकमग्न भएका छन्।

सांसद पाठकले सामाजिक सञ्जालमा घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र शव नेपाल ल्याउने प्रक्रियामा पहल गर्न सरकारसँग माग गरेका छन्।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार