NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवागढी अवरुद्ध, ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आयात

रसुवागढी सडकखण्ड बाढीले अवरुद्ध भएपछि ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आयात गरिएको छ। हालै सम्पन्न अटो शोहरूमा उल्लेख्य बुकिङ भएका गाडीहरू ग्राहकलाई हस्तान्तरणको क्रममा छन्। ओमोडा ई फाइभ, ई फाइभ प्रो, जेइकु जे फाइभ, जे फाइभ प्रो र जेइकु जे सिक्स टी जस्ता विभिन्न मोडलका गाडीहरू उपलब्ध छन्।
Rohan Tamang
Rohan Tamang
8 September 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
ओमोडा जेइकु गाडी
Share:

रसुवागढी सडकखण्ड बाढीले अवरुद्ध भएपछि ओमोडा र जेइकुका गाडी मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याइएका छन्। एसपीजी अटोमोबाइल्स प्रा.लि.ले वैकल्पिक मार्ग प्रयोग गरी गाडीहरू देशभर वितरण सुरु गरेको छ।

ग्राहकलाई समयमै गाडी बुझाउन वैकल्पिक मार्ग अपनाइएको हो। हालै सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो’ र ‘नाडा अटो शो २०२६’ मा यी गाडीको बुकिङ उल्लेख्य थियो। सोही बुकिङ अनुसार देशभरका डिलरमा गाडी पठाइएको छ।

‘ओमोडा ई फाइभ’ र ‘ई फाइभ प्रो’ मा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २.५ एडास, भेन्टिलेटेड, हिटेड तथा मसाज सिटजस्ता सुविधा छन्।

‘जेइकु जे फाइभ’ र ‘जे फाइभ प्रो’ मा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटर बुट स्पेस र १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन छ।

‘जेइकु जे सिक्स टी’ मा २२५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ६५.६९ किलोवाट आवर ब्याट्री, १३५ किलोवाट मोटर र ४३१ किलोमिटरसम्मको रेन्ज छ।

गाडीहरू डिलरशिपमा पुगिसकेकाले बुकिङ गरेका ग्राहकले तत्काल गाडी पाउनेछन्। नयाँ ग्राहकले शोरुममा पुगेर टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने एसपीजी अटोमोबाइल्सले जनाएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार