मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रतिनिधिसभाद्वारा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा १५ सदस्य मनोनित भएका छन्। नयाँ नियमावलीले सदस्य संख्या २१ बाट घटाएर १५ पुर्‍याएको छ। सभामुख डोलप्रसाद अर्यालले समितिका सदस्यहरूको घोषणा गरेका हुन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
कार्यव्यवस्था परामर्श समिति
Share:
२०२

प्रतिनिधिसभाको नयाँ नियमावलीले १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठनको व्यवस्था गरेको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिका सदस्य मनोनित भएको जानकारी दिए। यसअघि २०७९ को नियमावलीअनुसार २१ सदस्यीय समिति थियो।

समितिमा अच्युतम लामिछाने, आरेन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य सदस्य छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार