NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा बैठक आज बस्दै: मानव अधिकार र श्रमसम्बन्धी प्रतिवेदनमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा राष्ट्रिय मानवअधिकार आयोग, सूचना आयोग र समावेशी आयोगका वार्षिक प्रतिवेदन पेस गरिनेछ। अर्थसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महासन्धी अनुमोदनमाथि छलफल हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 July 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस हुनेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ श्रावण–२०८२ आषाढ मसान्तसम्म), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२ र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२ सदनमा पेस गर्नेछिन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक–२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि छलफल गरी अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार