मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

संसद् अवरोध खुलाउन रवि लामिछाने र विपक्षी दलका नेताहरू छलफलमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय संसद्को अवरोध खुलाउने विषयमा विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्। सिंहदरबारमा भइरहेको यस छलफलको मुख्य उद्देश्य संसद् अवरोधको गाँठो फुकाउनु रहेको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
संसद् अवरोध खुलाउने छलफल
Share:
१८४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संघीय संसद्को अवरोध खुलाउने विषयमा विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्।

सिंहदरबारमा भइरहेको यस छलफलको मुख्य उद्देश्य संसद् अवरोधको गाँठो फुकाउनु रहेको छ।

प्रतिनिधिसभाको बैठक निर्धारित समय ११ बजे सुरु हुन सकेको छैन।

छलफलमा नेपाली कांग्रेसका दलका नेता भिष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की खुश्वु ओली सहभागी छन्।

त्यस्तै, रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी र सचेतक क्रान्तिशिखा धिताल पनि छलफलमा उपस्थित छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार