NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री बालेनले मंगलबार ईयू राजदूतसँग द्विपक्षीय हितबारे छलफल गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार बिहान ११:३० बजे नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध देशका राजदूतहरूसँग भेटवार्ता गर्ने भएका छन्। यस भेटघाटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत २५ गते पनि प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका थिए।
Bikram Magar
Bikram Magar
25 May 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार बिहान ११:३० बजे नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने यस संवादमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइनेछ। द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले यो जानकारी दिएकी हुन्।

यसैबीच, सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाह आवश्यकताअनुसार मात्र सम्बोधन गर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने प्रश्नमा मन्त्री पोखरेलले मन्त्रिपरिषद्मा यस विषयमा छलफल नभएको तर आवश्यकताअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने स्पष्ट पारे।

प्रवक्ता पोखरेलका अनुसार सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण र पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा अत्यधिक व्यस्त छ। प्रधानमन्त्रीले उचित समय र आवश्यकताअनुसार आफ्ना धारणा सार्वजनिक गर्ने उनले बताए।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार