मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

पोखराको विजयपुर खोलाले दुई बालक बगायो, खोजी तीव्र

पोखराको विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन्। १० जनाको समूहका आठ बालक सकुशल रहे। प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तीव्र पारेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
पोखरा खोलाले बगायो
Share:
१५१

पोखराको विजयपुर खोलाले आज दिउँसो दुई बालकलाई बगाएको छ। पोखरा–१४ को विजयबस्तीबाट खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाँदै गरेका बालकहरू भगवती हाइड्रोपावर नजिक बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार अन्दाजी १४–१५ वर्षका दुई बालकलाई खोलाले बगाएको हो।

१० जनाको समूहमा रहेका बालकहरू खोला तर्ने क्रममा आठ जना सकुशल निस्किएका थिए। दुई जनालाई खोलाले बगाएको सूचना प्राप्त हुनासाथ प्रहरीले तत्कालै खोजी तथा उद्धार कार्य सुरु गरेको छ। “हामी अहिले खोजी र उद्धारमा छौँ। समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ,” पासवानले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट २१ जना प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जनाको टोली पनि खोजीमा खटिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार