NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि छलफल सुरु

संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा १५ मिनेट ढिला गरी सुरु भएको छ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 June 2026, 11:17 am १ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:

संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा १५ मिनेट ढिला गरी सुरु भएको छ।

आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत छलफल हुनेछ।

छलफल हुने मन्त्रालयमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय छन्।

सांसदहरू कृष्णराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल र एशुदाकुमारी बरालले खर्च रकम घटाएर एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्य हेरफेरको प्रस्ताव गर्नेछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार