NM Khabar 14 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कैदी पाल्न मात्रै वार्षिक ३ अर्ब ५१ करोड खर्च: सुधारगृह बनाउने तयारी

सरकारले २६,२९ जना कैदीबन्दीको पालनपोषणमा वार्षिक ३ अर्ब ५१ करोड खर्च गरिरहेको छ। प्रति कैदीबन्दी वार्षिक औसत १ लाख ३५ हजार रुपैयाँ लाग्ने गरेको छ। कारागारलाई दण्ड दिने थलो नभई सुधारगृहका रूपमा विकास गर्ने तयारी छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
14 August 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
कैदीबन्दी पालनपोषण खर्च
Share:

सरकारले देशभरका २६ हजार २९ जना कैदीबन्दीको पालनपोषणमा मात्रै वार्षिक ३ अर्ब ५१ करोड ३९ लाख १५ हजार रुपैयाँ खर्च गरिरहेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागारलाई दण्ड दिने थलोको सट्टा सुधारगृहका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री गौतमका अनुसार हाल कारागारमा रहेका प्रत्येक कैदीबन्दीका लागि प्रतिवर्ष अनुमानित १ लाख ३५ हजार रुपैयाँ खर्च हुने गरेको छ। यो रकम राज्यकोषबाट व्यय हुने गरेको छ।

१८ देखि ५९ वर्ष उमेर समूहका २६ हजारभन्दा बढी नागरिक कारागारमा रहनु राज्यका लागि राम्रो संकेत नभएको भन्दै मन्त्री गौतमले उनीहरूको क्षमता र श्रमको उपयोग उत्पादनशील कार्यमा जोड्नुपर्ने आवश्यकता औंल्याइन्।

मन्त्री गौतमले कारागार ऐन, २०७९ समयसापेक्ष नभएको स्वीकार्दै यसलाई परिमार्जन गर्ने तयारी भइरहेको बताइन्। उनले प्रतिशोधपूर्ण न्यायभन्दा सुधारमूलक र पुनःस्थापनामुखी न्याय प्रणालीमा जोड दिनुपर्ने धारणा राखिन्।

आन्दोलनका क्रममा लागेका मुद्दाहरूको सन्दर्भमा अध्ययन समिति गठन भई सूक्ष्म अध्ययन गरिरहेको जानकारी पनि उनले दिइन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार