रसुवा र नुवाकोटमा बाढी-पहिरोले १७ बैंकका शाखाहरूमा ५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ बराबरको स्थिर सम्पत्ति नष्ट गरेको छ। यो तथ्याङ्क बैंकको भल्टमा रहेको नगदबाहेकको हो।
सर्वाधिक क्षति कृषि विकास बैंकको शाखामा भएको छ। यद्यपि, कुन शाखामा कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ। यस विपत्तिले ती क्षेत्रको बैंकिङ प्रणाली र जलविद्युत क्षेत्रमा अर्बौंको क्षति पुर्याएको छ।
