राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनासहित समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्दैछ। रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।
महामन्त्री आचार्यले बैठकका लागि सबै दललाई पत्राचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेको जानकारी दिए।
