NM Khabar 9 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपाभित्रको किचलो: सांसद पाण्डेको ‘नाङ्गै जल्नेछु’ भनाइले तरंग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक किचलो सतहमा आएको छ। प्रधानमन्त्री बालेन शाहको एक्लो परेको सङ्केत गर्ने टिप्पणीपछि पार्टीभित्र विवाद चुलिएको छ। सांसद राजु पाण्डेले 'नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु' लेख्दै यस विवादमाथि टिप्पणी गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 August 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
रास्वपा आन्तरिक किचलो
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक किचलो सतहमा आएका बेला सांसद राजु पाण्डेले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।

शनिबार राति प्रधानमन्त्री वालेन्द्र शाहले आफू सत्तामा एक्लो परेको सङ्केत गर्दै सामाजिक सञ्जालमा “आफू एक्लै रहेको” टिप्पणी गरेका थिए। उक्त टिप्पणीलगत्तै रास्वपा सांसद मनिष झालगायतका नेताहरूले सामाजिक सञ्जालमार्फत त्यसको प्रतिवाद गरेका थिए।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच संसद् तथा सामाजिक सञ्जालमा वाकयुद्ध चर्किएकै समयमा सांसद पाण्डेले फेसबुकमा लेखेका छन्, “नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु।”

सत्तापक्षका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाह र पार्टी नेतृत्वबीच उत्पन्न दूरीका बीच पाण्डेको यो भनाइलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार