NM Khabar 19 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपा सांसद कार्कीमाथि संसद भवन आगजनी र गर्भवती प्रकरणमा छानबिनको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि सिंहदरबार र संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा संलग्न भएको आरोप छ। उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न जेन-जी मुभमेन्ट नेपालले माग गरेको छ। यसैबीच, एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपमा पनि उनी छानबिनको घेरामा छन्।
Arjun Basnet
Arjun Basnet
19 May 2026, 12:33 pm १ मिनेट पढाइ
आकार:
कृष्णकुमार कार्की आरोप
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की (मोरङ–२) माथि भदौ २४, २०८२ मा सिंहदरबार र संसद् भवनमा भएको आगजनी तथा तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप छ। जेन-जी मुभमेन्ट नेपालले कार्कीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, भिडियो र तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको उल्लेख छ। उनले घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।’

सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। यस विषयमा सांसद पार्वती विकले प्रतिनिधिसभा बैठकमा प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत असर पार्ने टिप्पणी गरेकी थिइन्।

जेनजी मुभमेन्ट नेपालले गृह मन्त्रालय र नेपाल प्रहरीलाई सांसद कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै, नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने माग छ।

मुभमेन्टले निष्पक्ष अनुसन्धान, कानुनी शासन र दोषीमाथि अविलम्ब कारबाहीको माग गर्दै शान्तिपूर्ण तथा प्रमाणमा आधारित छानबिनको पक्षमा रहेको जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार