NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रवि लामिछाने आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा छन्। आज उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। यसअघि उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेका थिए।
Bikram Magar
Bikram Magar
3 June 2026, 5:16 am १ मिनेट पढाइ
आकार:
रवि लामिछाने मोदी भेट
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणको तेस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए। भाजपाको कार्यालयमा भएको भेटमा राजनीतिमा युवा पुस्ताको भूमिका, लोकतान्त्रिक सहभागिता र भविष्यको नेतृत्वबारे छलफल भएको थियो।

भाजपाले लामिछानेलाई भव्य स्वागत गरेको थियो। पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत पुगेका थिए।

लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार