मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

रेडक्रसका पूर्वअध्यक्ष थापासहित ५ जना पक्राउ, जग्गा खरिदमा ठगीको आरोप

नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। भक्तपुरमा संस्थाको जग्गा खरिद गर्दा रकम हिनामिना गरी ठगी गरेको आरोप छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
रेडक्रस रकम हिनामिना
Share:
१५०

नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। थापालाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए।

उनीहरूमाथि भक्तपुरमा संस्थाको जग्गा खरिद गर्दा रकम हिनामिना गरी ठगी गरेको र संस्थालाई हानी पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। आरोपीहरूमाथि थप अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनको अध्ययनपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

पक्राउ पर्नेमा पूर्वअध्यक्ष थापासहित भक्तपुरका राजेश देशमरु (५२), नुवाकोटका उमेश प्रसाद ढकाल (५७), भक्तपुरका मदन कृष्ण फोजु (५८) र काठमाडौँका इन्द्र बहादुर केसी (६७) छन्। पूर्वअध्यक्ष थापा उदयपुरका हुन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार