अबको तीन महिना देशभर कुनै पनि सडक खन्न नपाइने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाम सुरु भएसँगै सडक खन्ने कार्यमा रोक लगाएको हो।
कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ। वर्षायाममा सडक खन्दा तत्काल मर्मत गर्न नसकिने र सडक थप बिग्रने भएकाले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ। धारा, ढल, बिजुली, टेलिफोनलगायतका कामका लागि सडक खन्दा हुने क्षतिको व्यवस्थापन गर्न नसकिने कारणले यो रोक लगाइएको हो।
अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने चेतावनी पनि अनुगमन कार्यालयले दिएको छ।
