मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

तीन महिना देशभर सडक खन्दा रोक, बर्खाले गर्दा काम ठप्प

• असार १ देखि भदौ मसान्तसम्म देशभर सडक खन्न रोक लगाइएको छ। • वर्षायाममा सडक मर्मत गर्न नसकिने कारणले यो निर्णय गरिएको हो। • अनुमति बिना सडक खनेमा कानुनी कारबाही हुनेछ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
सडक खन्न रोक
Share:
२०४

अबको तीन महिना देशभर कुनै पनि सडक खन्न नपाइने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाम सुरु भएसँगै सडक खन्ने कार्यमा रोक लगाएको हो।

कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ। वर्षायाममा सडक खन्दा तत्काल मर्मत गर्न नसकिने र सडक थप बिग्रने भएकाले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ। धारा, ढल, बिजुली, टेलिफोनलगायतका कामका लागि सडक खन्दा हुने क्षतिको व्यवस्थापन गर्न नसकिने कारणले यो रोक लगाइएको हो।

अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने चेतावनी पनि अनुगमन कार्यालयले दिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

थप समाचार