राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हितविपरीत लागेका १५ सदस्यको सदस्यता खारेज गर्यो।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले यो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। प्रदेश समितिको सिफारिसमा सदस्यता खारेज गरिएको हो।
बैठकले बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गर्यो।
सचिवालय बैठकले वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत गर्यो। विभिन्न विभाग तथा तहमा नयाँ जिम्मेवारीसमेत तोकिएका छन्।
रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने भएको छ।
