मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

रुपन्देहीमा पेस्तोल र गोलीसहित नक्कली कागजात बनाउने गिरोह पक्राउ

रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित अजय चौधरीलाई पक्राउ गरेको छ। चौधरीले चोरीको मोटरसाइकलमा नक्कली कागजात बनाएर बेचबिखन गर्ने गरेको प्रहरीको भनाइ छ। उनको साथबाट हतियार, गोली, नक्कली ब्लुबुक र भारतीय आधारकार्ड बरामद भएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
पेस्तोल र गोलीसहित पक्राउ
Share:
११०

रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित अजय चौधरीलाई पक्राउ गरेको छ। सियारी गाउँपालिका–२ का चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ को विद्यापथबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीले चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

चौधरीको साथबाट टाइप ५४ जस्तो देखिने एक पेस्तोल, चार राउण्ड गोली, एउटै फोटो भएका दुई ब्लुबुक र चार भारतीय आधारकार्ड बरामद भएको छ।

बरामद हतियार तथा सामग्री कानुनबमोजिम नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार