मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

साफ च्याम्पियनसिप: बंगलादेशसँग २-१ ले पराजित, नेपाल सेमिफाइनलबाट बाहिरियो

साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भयो। गीता रानाले २३औं मिनेटमा अग्रता दिलाए पनि पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशले बराबरी गर्‍यो। दोस्रो हाफको अतिरिक्त समयमा सागुरिकाले निर्णायक गोल गरिन्।
Prakash Gurung
खेलकुद संवाददाता
१ मिनेट पढाइ
आकार:
साफ च्याम्पियनसिप नेपाल
Share:
२७६

गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भयो। यो हारसँगै नेपाल प्रतियोगिताको फाइनल पुग्नबाट बञ्चित भएको छ।

खेलको २३औं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गरेकी थिइन्।

नेपालको १-० गोलको अग्रता पहिलो हाफको अन्त्यतिर टिक्न सकेन। पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।

दोस्रो हाफको अतिरिक्त समयमा बंगलादेशकी सागुरिकाले निर्णायक गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाइन्। यसअघि सन् २०१६ मा नेपाल भारतसँग सेमिफाइनलमा पराजित भएको थियो।

Prakash Gurung

Prakash Gurung

खेलकुद संवाददाता

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार